Back To Top

August 29, 2025

हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने

Global Ime Bank AD
Insourance

काठमाडौ ।

नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । बिहीबार लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा जी फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गावु पार्कले हस्ताक्षर गरे । बोर्डका अनुसार जी फिलोसले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र पाएपछि १० महिनाभित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी बोर्डमा पेस गर्ने समझदारी भएको छ ।

 

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यसप्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औँल्याउँदै यस्ता परियोजनाले नेपालले निर्धारण गरेका दिगो विकास लक्ष्य प्राप्तिमा कोसेढुङ्गा साबित हुने उल्लेख गरे  ।

जी फिलोसले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा हरित हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो । लगानी बोर्डको ६३ औँ बोर्ड बैठकले प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापनाका लागि छ अर्ब ८२ करोड  लागत लाग्ने बोर्डको प्रारम्भिक अनुमान छ ।

सरकारले हरित हाइड्रोजन उत्पादन तथा बजारीकरणलगायतका पक्षलाई व्यवस्थित गर्न हाइड्रोजन नीति, २०८० पारित गरेको थियो ।

 

United long banner ad
Prev Post

लुम्बिनीका ६३ उद्योग हटाउन सर्बोच्चको परमादेश

Next Post

खाने तेलको मुल्य बढेको बढ्यै

post-bars

Leave a Comment