Back To Top

April 28, 2025

लगानी बोर्डमा अव उपसचिव सम्म आफ्नै कर्मचारी

Global Ime Bank AD

काठमाडौँ।

लगानी बोर्डले आफ्नो रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि तयार पारिएको नयाँ रणनीतिक योजनालाई प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न ६१ औँ बैठकले स्वीकृत गरेको हो ।

बोर्ड प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार कार्ययोजनामा आगामी ४ वर्षमा बोर्डको आयोजना बैङ्कमा रहेका विभिन्न परियोजनामध्ये ६७ आयोजनालाई विभिन्न चरणमा विकसित गर्दै लैजाने उल्लेख छ । त्यस्तै निजी क्षेत्रका विभिन्न आयोजनालाई पनि प्रवर्दन गर्ने उल्लेख छ ।

त्यसै गरी बोर्डमातहतको एकल विन्दु सेवा केन्द्रलाई पनि अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्ने  भएको छ ।

उपाध्यायका अनुसार उपसचिव तहसम्मका कर्मचारी बोर्डमातहत नै सुरु नियुक्त गर्ने गरी सङ्गठन पुनर्संरचना गर्ने प्रस्ताव पनि पारित भएको छ । सार्वजनिक निजी साझेदारी ऐनका विभिन्न प्रावधान कार्यान्वयन गर्न सो पारित प्रस्तावले ढोका खुलेको उनले बताए । बोर्डमा सचिवस्तरीय दरबन्दी पनि सृजना गरिने भएको छ । बोर्डमातहत अब विभिन्न निर्देशनालय पनि गठन गरिने छ ।

निजामति कर्मचारी र परमर्शदाताका भरमा कार्यलय सञ्चालन गर्दा बोर्डको संस्थागत दक्षता र स्मरण कायम हुन नसकेको भन्दै यस अघिका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले यस्तो प्रस्ताव सृजना गरेका थिए । स्वीकृत कार्ययोजना अनुसार बोर्ड कार्यालयमा अव प्रमुखकार्यकारी अधिकृत पश्चात सचिवस्तरका निजामति कर्मचारी रहनेछन् ।

बोर्ड कार्यालय पुनर्संरचनाका लागि अब सङ्गठन संरचना व्यवस्थापनको खाका बनाएर कार्यान्वयनमा ल्याइने छ ।

बोर्डको बैठकमा अप्पर कर्णाली जलविद्युत् आयोजनाको लगानी संरचना परिमार्जन प्रस्ताव पेस गर्ने तय भए पनि समय अभावले सो विषयले प्रवेश नपाएको उनको भनाइ छ ।

Global Ime Bank
Prev Post

मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

Next Post

आगामी जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी

post-bars

Leave a Comment