Back To Top

October 6, 2024

नेपालमा बनेको हुन्डाई ‘भेन्यु ई’ को बिक्री सुरु

Global Ime Bank AD
Insourance

नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यु ई’ भेरियन्टको बिक्री सुरु गरेको छ । सन् २०२४ को मे महिनाबाट कम्पनीले भेन्यु एस  र एस एक्स उत्पादन सुरु गरेको थियो ।

हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले हुन्डाई ‘भेन्यु ई’को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ । तथापि हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यवसायिक उत्पादन सुरु गरेसँगै हुन्डाइ नेपाल : मेड फर युअर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो ।

हाल नेपालमा उपलब्ध भेन्यू का अरु भेरियन्टहरुको मूल्य भेन्यू (एस ) 1.2 को ४४ लाख ९६ हजार र भेन्यू (एस एक्स) 1.2 को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यू मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो । लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनी सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृह्स्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

United long banner ad
Prev Post

अध्यक्ष ढकाल सम्मानित

Next Post

सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ

post-bars

Leave a Comment