Back To Top

September 24, 2024

हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

Global Ime Bank AD
Insourance

काठमाडौं- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७६ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

उक्त साधारण सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छा र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैरबैंकिङ वित्तीय कम्पनी हो। यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ।

United long banner ad
Prev Post

सडकको अनुगमनमा स्वास्थ्य मन्त्री

Next Post

 ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड

post-bars

Leave a Comment