हुवावे नेपालको सिड्स फर द फ्युचर २०२४ सम्पन्न
काठमाडौँ ।
हुवावे नेपालले सिड फर द फ्युचर २०२४ समापन गरेको छ । सन् २०१९देखि नेपालमा कार्यान्वयनमा ल्याइएको विश्वव्यापी सो कार्यक्रमको पाँचौ चरणको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समापन गरेका हुन् ।
आइतबार हुवावे टावर, हत्तिसारमा आयोजित सोही समारोहमा मन्त्री गुरुङले हुवावे नेपाल प्रदर्शनी केन्द्रको पनि उद्घाटन गरे । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पछिल्ला उपलब्धी र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्ने हुवावेले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाली नयाँ पुस्तालाई विश्व व्यापी नविनतम प्राविधिक उपलब्धीबारे साक्षात्कार गराउने सो कार्यक्रमको प्रशंसा गरे । मन्त्री गुरुङले भने, “हुवावेले नेपाली युवाहरूको लागि सृजना गरेको यो प्लेटफर्मले नेपालका सामाजिक र आर्थिक वृद्धिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने नवप्रवर्तनात्मक विधिहरु विकास गर्न प्रोत्साहित गरेको देखिन्छ। म हुवावे र हाम्रा विद्यार्थीहरूलाई नेपालको प्रतिष्ठा वैश्विक मञ्चमा पुर्याएकोमा धन्यवाद दिन चाहन्छु ।”
उनले यो कार्यक्रमलाई अझै वृहत बनाउन पनि आग्रह गरे । मन्त्री गुरुडले हुवावेले नेपालको सूचना प्रविधि र टेलिकम क्षेत्रमा एक जिम्मेवार सदस्यको रूपमा आफूलाई प्रमाणित गरेको र विभिन्न तरिकामा योगदान दिएको टिप्पणी पनि गरे ।
कार्यक्रममा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनले स्वागत मनतब्य राखेका थिए । उनले हुवावेल २५ वर्षमा पुर्णरुपमा अन्तरआवद्ध र बौद्धिक मुुलुक बनाउन भूमिका खेल्दै आएको भन्दै डिजिटल नेपालको लक्ष्यलाई पनि सामूहिक प्रयास मार्फत मात्र पूरा गर्न सकिने धारणा राखे ।
हुवावे नेपालको नेपालमा २५ वर्ष पुरा गरेको छ । यो अवधिमा नेपालको डिजिटल रूपान्तरणमा ह्वावे नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । ह्वावे खास गरी देशको प्राविधिक क्षेत्रमा रुपान्तरणदेखि , दूरसञ्चार पूर्वाधारको उन्नति आइसीटी क्षेत्रमा नवप्रवर्तन गर्नको लागि महत्तवपूर्ण भूमिका खेलेको छ ।
हुवावेले यस वर्षको सीड्स फर द फ्युचरु कार्यक्रममा चयन भएका नेपाली युवाले त्भअजद्धन्ययम २०२४ प्रतियोगितामा सहभागी नेपाली विद्यार्थी टोलीले पिपुल्स च्वाइस अवार्डु जितेका थिए । उनीहरुले ग्रामीण नेपालमा गर्भवती महिलाहरूको स्वास्थ्य परिक्षण गर्नको लागि पोर्टेबल अल्ट्रासाउन्ड मेशिनको अवधारणामा काम गरेका थिए ।
हुवावेले २०१९ मा नेपालमा सीड्स फर द फ्युचरु कार्यक्रमको आरम्भ गरेको हो । यसले धेरै विद्यार्थीहरूलाई विश्वव्यापी अनुभव र नेतृत्व सीपहरू प्रदान गर्दै आएको छ, जसले नेपालको बढ्दो डिजिटल इको सिस्टममा महत्वपूर्ण योगदान पुयाएको छ।
२०२४ मा, सीड्स फर द फ्युचरु कार्यक्रममा ३०० भन्दा बढी आवेदकबाट ६ जना छ जना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई चीनमा सम्पन्न एशिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपालको प्रतिनिधित्व गरेका थिए ।