पूर्वाधार सम्मेलनमा ह्वावेको हरित ऊर्जा प्रविधि प्रस्तुत
काठमाडौं ।
ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलनमा हरित ऊर्जा प्रविधिसँग सम्बन्धित प्रविधि प्रर्दशन गरेको छ । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ २७ र २८ गते मा काठमाडौंमा गरेको दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी ब्यवसायी र वैज्ञानिक आविस्कारकहरू बीच नेपालको पूर्वाधार विकासको बारे छलफल भएका थियो ।
हरित ऊर्जा, दिगोपन, र डिजिटल रूपान्तरणजस्ता विषयमा केन्द्रित सो सम्मेलनको ऊर्जा जलस्रोत सम्बन्धी सत्रमा ह्वावे एपीएसी ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष, चेन योंगले विशेष प्रस्तुकरण गरेका थिए । स्मार्ट र दिगो विश्वका लागि ऊर्जाको डिजिटलाईजेसनमा उनले पेश गरेको प्रस्तुतीकरणमा विश्वमा ऊर्जा क्षेत्रमा देखिएको रुपान्तरणमा ह्वावेले खेल्दै आएको भूमिका, उपलब्ध गराएका सुविधाहरु र पावर इलेक्ट्रोनिक्ससँग प्रविधिको एकिकृत उपयोगिता सृजना गर्दै हरित क्रान्तिमा योगदान बढाउदै जाने उल्लेख गरेका छन् ।
योंगले भने, “विश्व ऊर्जा क्षेत्रमा हासिल भइरहेका प्रविधि, जलवायु अनुकुलनको सम्बोधन र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो । ह्वावेले कार्बन तटस्थतालाई समर्थन गर्दै कम कार्बन उत्सर्जन, विद्युतीय ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत स्वरुपमा खपतमा ल्याइ हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ ।”
चेनले ह्वावे स्मार्ट पिभि सोलुसन्सहरूको बारेमा प्रकाश पार्दै, कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको क्षमतालाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे । सो प्रविधिले भण्डारण दक्षता सुधार्छ, हानिलाई कम गर्छ, र नवीकरणीय ऊर्जा स्रोतहरूसँग सहज रूपमा एकीकृत हुन्छ । चेनले ह्वावेको लिक्विड कुल्ड अति तिव्र चार्जिङ प्रविधिबारे पनि जानकारी गराए ।
उच्च कार्बनबाट कम कार्बन र अन्ततः नेट जÞीरो कार्बनमा परिवर्तन गर्नु सुनिश्चित भविश्यका लागि अनिवार्य सर्त हो, उनले भने, “नवीकरणीय ऊर्जा प्रविधि अपनाउनु अवको अनिवार्य आवश्कता हो जसले आगामी दिनमा आर्थिक वृद्धि र पर्यावरणीय दिगोपनका लागि महत्वपूर्ण हुनेछ ।
ह्वावे डिजिटल पावर टेक्नोलोजिज कम्पनि लिमिटेड संक्षेपमा ह्वावे डिजिटल पावर विश्वको एक प्रमुख डिजिटल पावर उत्पादन र समाधान प्रदायक हो । डिजिटल र पावर इलेक्ट्रोनिक्स प्रविधिहरूलाई एकीकृत गर्ने, स्वच्छ उर्जा विकास गर्ने, र ऊर्जा डिजिटलाइजेशनलाई सक्षम पार्ने उसको प्रतिबद्धता छ । ह्वावे डिजिटल पावरले १७० भन्दा बढी देश र क्षेत्रहरूमा तीन अर्बभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।