बिजुलीको तार मुनीका संरचना हटाउन महानगरको सूचना
काठमाडौ ।
विद्युत प्रशारणलाइन मुनी रहेका घर टहरा तथा संरचना हटाउनु पर्ने भएको छ । काठमाडौ महानगरपालिकाले शनिबार सार्वजनिक सूचना गरी यस्ता संरचना हटाउन सूचना गरेको छ ।
सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रशारणलाइन तथा वितरणलाइनको मुनी तथा दायाँ बाँयाँ रहेका संरचना हटाउनु पर्ने छ । सूचनामा विद्युत् प्रशारणलाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५०ले तोके बमोजिममा प्रावधान पालना हुनु पर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लँघन भएको पाइएको महानगरले जनाएको छ ।
\खास गरी घर टहरा विद्यालय भवन ग्यारेज पर्खालजस्ता संरचना प्रशारणलाइन मुनी बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । ३५ दिनको अवधि दिँदै जारी सुचनामा यस्ता संरचना आफै नहटाए महानगरले कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।
मापदण्ड अनुसार २३०केभि देखि ११हजार केभी सम्मको प्रशारणलाइनमा लाइनभन्दा १ं२५ मिटर र सो भन्दा माथिको क्षमताकोमा १.५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।