नेपालका होटल २२ लाख पाहुनालाई सेवा दिन सक्षम
काठमाडौं :
मुलुकभर करिव डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको र तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० मा देशभर सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित एक लाख ४२ हजार २२३ प्रतिष्ठानमा दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी रहेको उल्लेख छ । यो लगानीमार्फत प्रतिष्ठानले कुल तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपैयाँ आम्दानी गरेको सर्वेक्षणले देखाएको छ ।
ती प्रतिष्ठानले अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालुएड) गरेको सर्वेक्षणले देखाएको छ ।कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सो सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटेल, रिसोर्ट, गैर तारे होटेल होमस्टेको अवस्थाको अध्ययन गरिएको
एक लाख ४२ हजार २२३ आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा तीन लाख ८७ हजार ७४७ जना व्यक्ति संलग्न रहेकोमा एक लाख छ हजार ४५० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई तलबरज्याला र सुविधामा २) खर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ ।
एक लाख ४२ हजार प्रतिष्ठानको स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको रहेको अध्ययनले देखाएको छ।
स्थायी सम्पत्तितर्फ सबैभन्दा धेरै बागमती प्रदेशमा दुई खर्ब ४१ अर्ब २९ करोड ९६ लाख पाँच हजार छ । दोस्रोमा गण्डकी प्रदेशमा एक खर्ब छ अर्ब ६४ करोड, कोशी प्रदेशमा ८५ अर्ब ६(करोड स्थायी सम्पत्र् िरहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ५१ अर्ब ३६ करोड, सुदूरपश्चिम प्रदेशमा २२ अर्ब ९९ करोड, मधेश प्रदेशमा २२ अर्ब २३ करोड र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ अर्ब एक करोड बराबरको स्थायी सम्पत्ति देखिछ ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा होटेल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत रहेको छ ।
हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टमध्ये कोशी प्रदेशमा २५ हजार ८८७, मधेश प्रदेशमा ११ हजार ७४९, बागमती प्रदेशमा ५२ हजार १२३ छन् । त्यस्तै गण्डकी प्रदेशमा १६ हजार (७६, लुम्बिनी प्रदेशमा २) हजार १५८, कर्णाली प्रदेशमा सात हजार ११० र सुदूरपश्चिम प्रदेशमा आठ हजार २२८ होटेल रेस्टुरेन्ट छन् । होटेलमा कोठा सङ्ख्या एक लाख १६ हजार एक सय छन् । त्यसमा तारे होटेलमा आठ हजार ४०६, ताराविहीन होटेलमा एक लाख ७५, रिसोर्ट तीन हजार ८२९ र होमस्टेमा तीन हजार सात सय कोठा छन् ।
सर्वेक्षण अनुसार हाल सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टले एकसाथ २२ लाख ३४ हजार पाहुनालाई सेवा दिने गरेको सर्वेक्षणले देखाएको छ ।