Back To Top

December 24, 2025

सुदुरपश्चिममा पहिलो पाँचतारे होटल खुल्ने

Global Ime Bank AD
Insourance

काठमाडौँ

सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल धनगढीमा खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेनस्तरको सो होटेल व्यवस्थापनका लागि क्लब चौलानी लिमिटेडसँग मङ्गलबार सम्झौता भएको छ ।

४० प्रतिशत निर्माणसम्पन्न भइसकेको सो होटेल व्यवस्थापनको सम्झौतामा क्लब चौलानीका तर्फबाट डा. राजेन्द्र केसी र आइएचजी होटल्सका दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गर्नुभयो । धनगढीमा खुल्ने होटेल होलिडे इन बाई आइएचजीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पाँच प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहने छन् ।

कुल दुई अर्ब २० करोड रुपियाँ लगानीमा बन्ने सो होटेलमा एक अर्ब ४३ करोड रुपियाँ बैङ्क ऋण र ७७ करोड रुपियाँ प्रवर्धकको स्वपुँजीमार्फत लगानी व्यवस्थापन गर्न लागिएको हस्ताक्षर समारोहमा जानकारी गराइएको छ ।

United long banner ad
Prev Post

नाडालाई महासंघ बनाउन नपाइने

Next Post

कोशीका साना उद्यमीलाई ग्लोबल आइएमईको साथ

post-bars

Leave a Comment