Back To Top

September 23, 2025

हितेन्द्रदेवको मासिक पारिश्रमिक करिव ३ लाख

Global Ime Bank AD

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ ।

आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्दा शाक्यलाई प्राधिकरणमा कार्यकारी निर्देशक हुँदा पाउँदै आएको सुविधा यथावत रहने गरी व्यवस्था गरिएको छ ।

आयोगमा रहँदा शाक्यले मासिक तलब ७३ हजार ७३० रुपैयाँ पाउनेछन् । त्यससँगै व्यवसायिक भत्ताबापत दुई लाख २१ हजार १९० रुपैयाँ तोकिएको छ । उनको मासिक पारिश्रमिक जम्मा दुई लाख ९४ हजार ९२० रुपैयाँ हुनेछ ।

सरकारले कार्यकारी निर्देशकका हैसियतमा खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई अघिल्लो मन्त्रिपरिषद् बैठकले आयोगमा विशिष्ट श्रेणी पद कायम गरेर सरुवा गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाल नियुक्त भएका छन् । ‘शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा खाइपाई आएको सुविधा नघट्ने गरी आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।

गत ११ चैतको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

Global Ime Bank
Prev Post

घटस्थापनादेखि २२ गतेसम्म रुट परमिट खुला

Next Post

विमाको दाबी भुक्तानी सहज ढंगले छिटो हुन्छ

post-bars

Leave a Comment