Back To Top

September 23, 2024

हिमालय उर्जाको हकप्रद लिलाम खुला

Global Ime Bank

काठमाडौः
हिमालय उर्जा विकास कम्पनीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री खुला गरेको छ ।

कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५० कित्ता शेयर लिलाम गर्न लागेको जनाएको छ ।

लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने जनाइएको छ ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ता देखि अधिकतम सबैका लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलय र काठमाडौँ बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखावाट   शिलबन्दी फारम मार्फत आवेदन दिने व्यवस्था गरिएको छ ।

कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

Prev Post

रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने

Next Post

साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल

post-bars

Leave a Comment