हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ ।
निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्तले सो अवार्ड ग्रहण गरेका थिए । एसिया प्रसान्त क्षेत्रकै प्रतिष्ठित अवार्डका रुपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको कम्पनीले जनाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सन् २०२३ मा इन्स्योरेन्स एशिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ जस्ता महत्वपूर्ण अवार्डहरु प्राप्त गरिसकेको छ ।
