Back To Top

July 6, 2025

हाईलाइफको प्रिमियम बासमती चामल बजारमा

Global Ime Bank AD

काठमाडौँ ।

हाईलाइफ नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ। हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जिआई राइस बजारमा ल्याएको छ ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँप्रडक्टका रुपमा  प्रिमियम बासमती  चामल बजारमा ल्याएको हो ।  ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ ।

लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।

हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, “प्रत्येक नेपाली परिवारलाईगुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्नेउद्देश्यमा कम्पनी प्रतिबद्ध छ । ” उनका अनुसार बासमती प्रिमियम चामल स्वादिलो हुनुकासाथै स्वास्थ्यवद्र्धक समेत छ ।

पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको व्यावसायिक दायरा विस्तार गरिरहेका छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दैरोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदैआएको छ ।

Global Ime Bank
Prev Post

सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने

Next Post

वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने

post-bars

Leave a Comment