सेयरबजारमा उच्च अङ्कले गिरावट

सेयरबजारमा उच्च गिरावट आएको छ। बजार ५ प्रतिशतले घटेसँगै खुलेको केही समयमै बजारमा कारोबार रोकिएको छ। २३ मिनेटमै १३३.६१ अंकले बजार ओरालो लागेको हो।
२३ र २४ को प्रदर्शनपछि बजारमा कारोबार हुनसकेको थिएन। तर अवस्था सामान्य भएपछि खुलेको बजारमा उच्च अंकले गिरावट आएको हो।
बिहीबार खुलेको दोस्रो मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि २२ मिनेटमा खुले पनि ५ प्रतिशतले गिरावट आएसँगै अब ४० मिनेटका लागि बन्द भएको छ। यसपछि पनि गिरावट नारोकिएपछि आजका लागि सेयर बजार बन्द गरिएको छ ।
त्यसपछि बजार १२ः०३ मा खुलेको थियो । बजार खुल्नबित्तिके आरालो लागेको बजार तस्रोपटक तीन मिनेटमा १६०.३३ अकंले घटेर आज दिनभरका लागि बन्द भयो ।
उक्त अवधिमा २१७ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य बढेको छ ।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ । तेस्रोपटक बजार ६ प्रतिशत बढे वा घटे दिनभरका लागि बन्द हुन्छ ।
