Back To Top

June 28, 2025

१२ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

Global Ime Bank AD
Insourance

जल तथा मैासम विज्ञान विभागले शनिवार बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण गरेको छ। ती जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्तापन प्राधिकरणले शनिबार बिशेष सूचना प्रकाशन गरी उच्च सतर्कताका लागि अनुरोध गरेको हो ।

प्राधिकरणका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, सल्यान र दैलेख तथा सुदुरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा भारी वर्षाको जोखिम छ ।

यो अवधिमा सकेसम्म यात्रा नगर्न, नदी किनारमा नजान तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरु सतर्क भएर बस्न प्राधिकरणले आग्रह गरेको छ। ती जिल्लाका सुरक्षा निकायलाई पनि गृह मन्त्रालयले सतर्क र तयारी अवस्थामा रहन भनेको छ ।

United long banner ad
Prev Post

अध्यक्ष ढकाल र चिनियाँ मन्त्रीबीच भेटवार्ता

Next Post

लुम्बिनीको बजेट बबन्डरः संसोधन गर्नुपर्ने काँग्रेसकै निर्णय

post-bars

Leave a Comment