Back To Top

May 23, 2025

हेटौंडा औद्योगिक क्षेत्रमा थपिँदै उद्योग

Global Ime Bank AD

मकवानपुर ।

हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै मात्र त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लास्टिकका सामान र टोटल प्याकेजिङले प्लास्टिकका बोरा उत्पादन थालेका छन् । गएको माघदेखि थ्रिस्टार ग्रुपले रंगीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका थिए ।

औद्योगिक क्षेत्रमा हाल १० वटा उद्योगका संरचना निर्माणाधीन छन् । तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि बन्द रहेका ६ वटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले पनि फलामको काँटी उत्पादन सुरु गरेको छन्  ।

विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेस्टी डिस्टिलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकहरूबाट जानकारी प्राप्त भएको छ ।

अमेरिकी सरकारको सहयोगमा २०२० मंसिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा हाल १४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । तीन हजार २२८ रोपनीमा फैलिएको औद्योगिक क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग र कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउविजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड सञ्चालनमा छन् ।

कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५९७ रोपनी छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा छन् ।

Global Ime Bank
Prev Post

पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह

post-bars

Leave a Comment