‘लेाडसेडिङकेा हल्ला गर्न एक जमात सकृय’

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् ।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै उनले प्राविधिक समस्याले केहि दिन कहि उघ्येागमा पिक समयमा विजुली कम हुँदा लेाडसेडिङकेा अफवाह फैलाउन खेाजेकेा बताएका हुन ।
उनले व्यस्त समयमा केहि उद्योगको मात्रै लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु त्योहि व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए ।
‘तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ ,’ उनले भने,‘नेपालयको पूवाधार क्षेत्रमा ठुला ठुला विकासका परियोजनाहरुको काम भइरहेको छ । वत्ति र बाटोको विकास भएको छ । जुन हाम्रो ठुलो पूर्वाधारको विकासको अधार हो । नेपालको विद्युत क्षेत्रको ठुलो विकास हुनेवाला छ । यसका लागि ठुलो लगानी आवश्यक रहेको छ । हाम्रा ठुला परियोजनहरुका लागि वैदेशिक लागनी चहिन्छ । लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ ।’
उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे ।
उनले दुई चार घण्टा वत्ति कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए । उनले २४ सै घण्टा लाइन दिदा पनि ८ घण्टा भन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए ।