हाइगर बस हस्तान्तरण
काठमाडौं ।
आरामदायी पर्यटक सवारीका रुपमा स्थापित हाइगर बसमा पर्यटन व्यवसायीको आकर्षण देखिएको छ ।
डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा लोकप्रिय रहँदै आएको हाइगर बसको माग उच्च भएपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।
नेपालमा आक्र्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आक्र्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।
नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।
हाइगर बस संसारका २ सयभन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।
नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवद्र्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।
हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त बे्रक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।