भारतको बहुदरको जिएसटी झर्यो दुइ दरमा

एजेन्सी । भारतले वस्तु तथा सेवा कर (गुड्स एन्ड सर्भिस ट्याक्स, जीएसटी) लाई २ दरमा झारेको छ । ०, ५, १२, १८ र २८ प्रतितशत रहेको जीएसटीलाई ५ र १८ प्रतिशमा सीमित गरेको हो ।
भारतको ५६औं जीएसटी परिषद् बैठकले कर दरमा ठूलो सुधार गर्दै दुई तहको वस्तु तथा सेवा कर (जीएसटी) दर प्रणाली (५% र १८%) अनुमोदन गरेको छ । नयाँ जीएसटी दर सेप्टेम्बर २२ देखि हुने भएको छ ।
जीएसटी परिषदको बैठकपछि भारतकी अर्थमन्त्री निर्मला सीतारमणले भारतका आमजनताको हितलाइृ ध्यानमा राखेर जीएसटीका स्ल्याब घटाएर दुईवटा मात्र स्ल्याब गराइएको बताइन् ।
भारतले दैनिक उपभोग्य वस्तुहरूमा लाग्ने करलाई कठोर समीक्षापछि यो संशोधन गरेको जनाएको छ । अधिकांश अवस्थामा दरहरू उल्लेख्य रूपमा घटेका छन् । श्रमप्रधान उद्योगलाई विशेष सहयोग गरिएको सीतारमणले बताइन् । नयाँ करका दरले कृषक, कृषि क्षेत्र तथा स्वास्थ्य क्षेत्र लाभान्वित हुने उनको दाबी छ ।
भारतमा निम्न तथा मध्यम वर्गीय समूह ठूलो छ। देशको अर्थतन्त्रका उनीहरुको योगदान वृद्धि गर्न भारतले १२ प्रतिशतको स्ल्याबलाई ५ प्रतिशतमा झारिदिएको छ भने ५ प्रतिशत स्ल्याबभित्र रहेका धेरै वस्तुको शून्य गरिदिएको छ। कतिपय १२ प्रतिशतको स्ल्याबमै रहेका उत्पादन पनि शून्य प्रतिशत बनाइदिएको छ।
