Back To Top

May 2, 2025

लगानी सम्मेलनमा हरित परियोजनाको वर्चश्व

Global Ime Bank AD

काठमाडौ ।
कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको पहिलो लगानी सम्मेलनमा अधिकाँश हरित अर्थतन्त्र प्रवर्दन गर्ने परियोजना पेश गरेको पाइएको छ । स्थानीय कोदोको रक्सी उत्पादनदेखि हरित हाइड्रोजनमार्पmत रासायनिक मल उत्पादनका परियोजनाले महत्व पाएका छन् ।

कोशी सरकारले करिब दुई दर्जन यस्ता परियोजनामा १ खर्ब ७३ अर्ब रुपैयाँ सर्वजनिक–निजी साझेदारी मार्पmत लगानी जुटाउन परियोजना सो केश गरेको छ ।

सो केसमा राखिएका परियोजनामा सोलुखुम्बुमा १ अर्बको लागतमा कोदो रक्सी उत्पादन तथा ब्राण्डिङ उद्योग प्रस्ताव गरिएको छ । सुनसरी र उदयपुरको सिमाना क्षेत्रमा पर्ने गरी ३२ अर्ब लागतको महत्वाकाँक्षी हरित हाइड्रोजन र रासायनिक मल कारखाना छन् । हाइड्रोजन तथा रासायनिक मल कारखाना परियोजना काठमाडौ विश्व विद्यालयको ग्रिन हाइड्रोजन ल्याबले तयार पारेको हो ।

आयोजकका अनुसार सो सम्मेलनमा मोरङमा ५ अर्ब लागतको पोड वे परियोजना पनि सो केस गरिएको छ ।सोलुखुम्बुमा ५ अर्बको चौरीखर्क केवलकार निर्माण पनि सो केस गरिएको छ । ४० करोडको नाम्चेरञ्जु मार्ग अर्को हरित परियोजना हो । मोरङमै २८ करोडको सार्वजनिक यातायात परियोजना निर्माण पनि प्रस्ताव गरिएको छ । मोरङमा ९८ करोड लागतको विज्ञान केन्द्र परियोजना पनि छन् ।

पर्यटन क्षेत्रका १५ वटा परियोजमध्ये अधिकाँश हरित मैत्री परियोजना छन् । मोरङको बुढीगंगामा १७ करोड १४ लाखको बुढीगंगा पार्क, वेतना सिमसारमा ९४ करोड, खाँदवारी–नुम पैदल मार्ग , इलामको कन्याममा मोनोरेल, चित्रे गुम्बामा केवलकार, कन्याम–अन्तु केवलकार, खोटाङको हलेसी पोडवे परियोजना प्रस्तावित छन् सो पडवेमा १२ अर्ब लगानी प्रस्ताव छ ।

ताप्लेजुङमा कन्काई–इलाम–सन्दकपुर पोडवे , मोरङको गोकुलम रिसोर्ट निर्माण, धनकुटाको राजा ताल निर्माण परियोजना निर्माण गर्न लगानी जुटाउने योजना प्रदेश सरकारको छ । मोरङको वेतना सिमसार परियोजना , रासाताल, बुर्जूताल संरक्षण तथा प्रवर्दन परियोजना पनि हरित परियोजनाका हुन् ।

औद्योगिक क्षेत्रमा रासायनिक मल कारखाना पछिको महत्वपूर्ण परियोजनामा मोरङमा ३ अर्बको विद्युतीय सवारी साधन उद्योग, ससुनसरीमा १४ करोड ७५ लाखको कृषि प्रशोधन केन्द्र, मोरङमा १ अर्ब १६ करोडको जडीबुटी प्रशोधन केन्द्र, झापाको काँकरभिट्टामा ३ अर्बको बसपार्क परियोजना समेटिएका छन ।

 

ऊर्जा तर्पm सोलुखुम्बुको आमाडब्ला मिनी हाइड्रो, मेन्जो खोला हाइड्रोमा सुनसरीको बर्जुमा सोलार परियोजना निर्माण प्रस्ताव गरिएको छ । कृषि क्षेत्रमा पाँचथरको फिदिममा अलैँची प्रशोधन, इलाममा छुर्पी उद्योग, धनकुटामा एभोकाडो परियोजना तथा किवी प्रशोधन केन्द्र, सुनसरीमा बेसार प्रशोधन, इलाममो डेरी उद्योगलगायत परियोजना सोकेसमा समेटिएका छन् । झापाको मेचीनगरमा र सुनसरीको दुहवी नगरपालिकामा एकीकृत ठोस फोहोर व्यवस्थापन परियोजना पनि प्रस्ताव छ ।

सम्मेलनको उदघाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समृद्धिको आकांक्षा पुरा गर्न प्रेदश सरकार तथा निजी क्षेत्रले प्रस्ताव गरेका परियोजनामा लगानी गर्न सवैलाई अग्रह गरे । उनले कोशी प्रदेशको सडक सञ्जाल, विद्युत पूर्वाधार तथा बजार पहुँचको अवस्थाका हिसावले त्यहाँ लगानी गर्नु लाभदायी हुने विचार व्यक्त गरेका थिए । उनले लगानी सहजीकरणका लागि संघीय तथा प्रादेशिक कानुनहरुमा आवश्यक संसोधन गर्न सरकार सधै लचक रहने प्रतिवद्धता जनाएका थिए ।

एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह

Global Ime Bank
Prev Post

एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह

Next Post

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती

post-bars

Leave a Comment