Back To Top

July 23, 2025

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बेच्दै

Global Ime Bank AD
Insourance

काठमाडौं सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँबराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने तयारी गरेको छ ।

तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सो कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।

सरकारले चालु आवमा तीन खर्ब ६२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

United long banner ad
Prev Post

एडीबीको राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

Next Post

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतको भूमिका महत्वपूर्ण

post-bars

Leave a Comment