Back To Top

March 19, 2025

विपदमा बेपत्तालाई क्षतिपूर्तिको व्यवस्था

Global Ime Bank
काठमाडौँ । सरकारले मनसुनजन्य विपतमा परी कुनै नागरिक वेपत्ता भएमा त्यस्ता नागरिकका परिवारलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत फागुनमा मन्त्रिपरिष्दले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
 विस २०८० असार २ गतेको अविरल वर्षाका कारण बाढीबाट संखुवासभा, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायतका जिल्लामा दर्जनौँ मानिस वेपत्ता भएका थिए । सो पश्चात मन्त्रालयले यससम्बन्धमा पहल थालेकामा अहिले मन्त्रीपरिषदबाट निर्णय भएको ऊर्जा जलस्रोत सिँचाईमन्त्री दिपक खड्काले बताए । मन्त्रीपरिष्दको निर्णय अनुसार १० दिनसम्म पनि बेपत्ता रहेमा त्यस्ता नागरिकका परिवारलाई मृतक सरह क्षतिपूर्ति स्वरुप जिल्ला विपद व्यवस्थापन कोषमार्पmत राहत उपलब्ध हुनेछ ।
असार २को उक्त बाढीमा परेर संखुवासभाको हेवाखोलामा मात्र १० नागरिक वेपत्ता भएका थिए ।
उक्त निर्णयसँगै अब देशभर विस २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी वेपत्ता भएका नागरिकको परिवारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत पाउने भएको  मन्त्रालयले जनाएको छ ।
Prev Post

छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु

Next Post

सुनको भाउ आज हाल सम्मको उच्च

post-bars

Leave a Comment