Back To Top

September 18, 2024

सरकारको आम्दानी र खर्च दुवैमा सुधार

Global Ime Bank

काठमाडौ:
सरकारी आय व्ययको गतिविधिमा केही सुधार आउन थालेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को दुई महिना पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चमा भएको सुधारले अर्थतन्त्रमा सुधारको जनाउ गर्दछ ।

सरकारको आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रुपियाँ राजस्व आम्दानी गरेको छ । जसमध्ये कर राजस्व एक खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ र गैरकर राजस्व २१ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यो राजस्व आम्दानी चालु आवको लक्ष्यको तुलनामा ११.७२ प्रतिशत हो ।

गत आवको दुई महिनासम्म सरकारको कुल राजस्व आम्दानी एक खर्ब ४१ अर्ब सात करोड रुपैयाँ थियो । यसको तुलनामा चालु आवमा सरकारको कुल राजस्व २५ अर्ब ३ करोड रुपैयाँले बढेको देखिन्छ । गत आवको सोही अवधिमा कर राजस्व एक खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ थियो । यस हिसाबले चालु आवमा कर राजस्व १७ अर्ब रुपैयाँ बढेको देखिन्छ ।

खर्च पनि सुध्रियो

चालु आवमा सरकारको खर्चमा पनि सुधार आएको छ । सरकारले भदौसम्म एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ जुन लक्ष्यको ७.३९ प्रतिशत हुन आउँछ । गत आवको सोही अवधिमा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड  खर्च गरेको थियो ।

चालु आवमा सरकारले गरेको कुल खर्चमा चालुतर्फ ८२ अर्ब ९८ करोड, पुँजीगततर्फ १४ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । गत आवको दुई महिनासम्म सरकारले चालुतर्फ ८७ अर्ब ६६ करोड, पुँजीगततर्फ आठ अर्ब १६ करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको थियो ।

Prev Post

एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने

Next Post

माईपेको दशैं मेला, स्कुटरदेखि आईफोनसम्म उपहार

post-bars

Leave a Comment