Back To Top

November 17, 2024

पुँजीगत खर्च ४ महिनामा १० प्रतिशतभन्दा कम

Global Ime Bank AD
Insourance

काठमाडौः
चालु आर्थिक वर्षको चार महिना सकिँदा सम्म पनि पुँजीगत खर्चलाई १० प्रतिशत पनि हुन सकेको छैन । महालेखा नियन्त्रकको तथ्याङ्ले मंसिर १ गतसम्म पुँजीगत खर्च विनियोजित रकमको ९.८ प्रतिशतमात्र खर्च हुन सकेको छ ।

४ महिनामा पुँजीगततर्फ ३४ अर्ब ५३ करोड खर्च हुँदा वित्तीय व्यवस्थापन(ऋणको सावाँ ब्याज भुक्तानी)तर्फ ८७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म विकास खर्चको तुलनामा साँवा ब्याज तिर्न दोब्बर बढी खर्च भएको हो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब तथा वित्तीय खर्चका लागि ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आर्थिक वर्षका सुरुका ४ महिनामा पुँजीगत खर्च ९.८ प्रतिशत मात्रै हुँदा वित्तीय खर्च २३.९५ प्रतिशत भएको कार्यलयले उल्लेख गरेको छ।

साधरण खर्चका लागि ११ खर्ब ४९ अर्ब रुपैयाँ रकम छुट्याइएकामा २ खर्ब ९२ अर्ब रुपैयाँ अर्थात् २५.६५ प्रतिशत खर्च भएको छ।

सरकारले राजस्व संकलनको लक्ष्य १४ अर्ब १९ अर्ब रुपैयाँ राखेको थियो। हालसम्म ३ खर्ब २३ अर्ब रुपैयाँ संकलन भएको छ। अर्थात् २२.७८ प्रतिशत राजस्व संकलन भएको छ। अनुदानसहित अन्य आम्दानी ३ खर्ब २९ अर्ब रुपैयाँ संकलन भएको छ।

करतर्फ २ खर्ब ८९ अर्ब रुपैयाँ र गैरकरतर्फ ३३ अर्ब रुपैयाँ संकलन भएको जनाएको छ।

 

United long banner ad
Prev Post

टेलिकमको अवरुद्ध मोबाइल सेवा सुचारु

Next Post

कति छन् चलनचल्तीमा नेपाली नोट?

post-bars

Leave a Comment