Back To Top

May 20, 2025

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल

Global Ime Bank AD

काठमाडौं ।

अर्थशास्त्री डा. विश्वनाथ पौडेल (विश्व पौडेल) नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई मुलुकको केन्द्रीय बैंकको बागडोर सुम्पेको हो । राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पौडेल नीतिगत र प्राज्ञिक क्षेत्रका अनुभवी व्यक्तित्व हुन् ।

डा. पौडेलले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, र आर्थिक इतिहासमा विशेषज्ञता राख्छन् ।

पौडेल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापन गरिरहेका छन् । उनीसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँगै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार र इसिमोडको बोर्ड अफ गभर्नर्सको अध्यक्षको अनुभव पनि छ ।

पौडेलेको नियुक्ति सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा भएको हो । उनको सम्भावित नियुक्तिअघि उत्पन्न कानुनी विवाद अदालतले प्रारम्भिक चरणमै खारेज गरिसकेको छ ।

Global Ime Bank
Prev Post

बालेनका दाहिने हात राजुनाथलाई सोधियो स्पस्टीकरण

Next Post

नागढुङ्गा–नौबिसे सडक दिउँसो बन्द गरिने

post-bars

Leave a Comment