Back To Top

September 5, 2024

गोल्याण पावर र प्रोजिल ग्रिन इनर्जीबीच सम्झौता

Global Ime Bank

काठमाडौ,

गोल्याण पावर लिमिटेड र प्रोजिल ग्रिन इनर्जी लिमिटेड बिच संयुक्त उपक्रम सम्झौतामा हस्ताक्षर भएको छ । यो रणनीतिक साझेदारीले दिगो ऊर्जा प्रवद्र्धन गर्ने र ऊर्जा क्षेत्रमा संयुक्त विशेषज्ञतालाई उपयोग गर्ने गरी यस्तो संझौता भएको जनाइएको छ ।

हरित अर्थतन्त्रका क्षेत्रमा संयुक्तरुपमा काम गर्ने गरी यस्तो संझौतामा हस्ताक्षर भएको हो । सम्झौतामा गोल्याण पावर लिमिटेडका निर्देशक अक्षय गोल्याण र प्रोजिल ग्रिन इनर्जी लिमिटेडका निर्देशक शोबित बैजनाथ रायले हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहमा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत संजय साह र गोल्याण ग्रुपको ऊर्जा व्यवसायका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल सहित दुवै कम्पनीका प्रमुख कार्यकारीहरूको उपस्थिति थियो। यो सम्झौताले हरित भविष्यको हाम्रो साझा दृष्टिकोणलाई जोड दिन्छ ।

Prev Post

पलेशालाई एनसेलको १० लाख रुपैयाँ पुरस्कार

Next Post

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या जनकपुर क्षेत्रको विद्युत् प्रभावित

post-bars

Leave a Comment