सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ
काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ६५३ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ दशमलव २३ डलरमा कारोबार भइरहेको छ ।