Back To Top

October 20, 2024

सुनको मुल्यमा पाँच दिन रेकर्डै रेकर्ड

Global Ime Bank

काठमाडौ:
नेपाली बजारमा सुनको भाउले लगातार पाँच दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य असोज २९ देखि लगातार रेकर्ड कायम गरेको हो ।

सो दिन प्रति तोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै कात्तिक १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको थियो । सुन शुक्रबार २ हजार रुपैयाँले बढेर तोला कै एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको थियो ।

आज पुनः ६०० रुपैयाँ बढेसँगै सुनको भाउ तोलाको एक लाख ६५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै भाउमा पनि वृद्धि भएको हो । लगानीकर्ताहरु सुनमा बढी आकर्षित हुँदा भाउ वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २१.४१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.७१ डलरमा कारोबार भइरहेको छ ।

 

Prev Post

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

Next Post

अर्थ मन्त्रालयले औद्योगिक वातावरण बनाउने

post-bars

Leave a Comment