Back To Top

September 15, 2024

सुनको मूल्य बढेको बढ्यै

Global Ime Bank AD
Insourance

काठमाडौं : नेपाली बजारमा सुन मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।

सुनको मूल्यले गत साता पनि नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । सातामा दुई दिन रेकर्ड बनाएको सुनको मूल्य ४ हजार २०० रुपैयाँले महँगिएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन मूल्यले शुक्रबारको तुलनामा पाँच सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो।अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेन्ड लगायतका कारणले सुनको मुल्य बढ्न सघाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

United long banner ad
Prev Post

डिजिटल पेमेन्ट कमिसनको भ्याटमा प्रम असन्तुष्ट

Next Post

सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

post-bars

Leave a Comment