Back To Top

March 19, 2025

सुनको भाउ आज हाल सम्मको उच्च

Global Ime Bank

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड राखकाे सुनले आज फेरि नयाँ रेकर्ड राखेकाे हाे। सुन आज हाल सम्मको उच्च मुल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा विभिन्न मुलुक तथा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएसँगै मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।

Prev Post

विपदमा बेपत्तालाई क्षतिपूर्तिको व्यवस्था

Next Post

चमेलियाको ठेकेदारलाई रकम नदिन सर्वोच्चको आदेश

post-bars

Leave a Comment