सुन तोलामा ५१ सयले बढ्यो कतिमा हुँदैछ कारोबार ?
काठमाडौं: आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । अन्तर्राष्ट्रिय बजारमा विशेषगरी मध्यपूर्वमा देखिएको तनावका कारण आगामी दिनमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २४५ रुपैयाँले बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । यसअघि चाँदी ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।