सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ३

काठमाडौं:
सोमबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसैको मूल्य १ लाख ९५ हजार ५ सय रुपैयाँ थियो। साउन २३ गते सुन हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन २३१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २३१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको हालसम्मको उच्च मूल्य प्रतितोला २३५० रुपैयाँ पुगेको छ ।
