Back To Top

September 10, 2025

भर्चूअल छलफलमा जुटे ४ हजार ५ सय जेन-जी

Global Ime Bank AD
Insourance

काठमाडौँ ।
नेतृत्व चयन र आगामी कार्यदिशा निर्माणका लागि देशभरका करिव ४ हजार ५ सय युवा(जेन जी) अहिले भर्चूअल छलफलमा जेटका छन् । सूचना प्रविधि र युवा पुस्ता केन्द्रित अनलाइन सञ्चारमाध्यम टेकपानाका अनुसार उनीहरु सोमबार र मंगलबार भएको देशव्यापीे प्रदर्शनको समीक्षा गर्दै आगामी रणनीति तय गर्न उनीहरूले बुधबार दिउँसोदेखि भर्चुअल संवाद थालेका हुन् ।

समाचारमा जनाइए अनुसार डिस्कर्ड नामक सामाजिक सञ्जालको ‘youth against corruption’  च्यानलमा सुरु भएको छलफलमा करिब ४५०० युवा सहभागी छन् । स्वःस्फूर्त रूपमा सडकमा आएका युवाहरूको कुनै एक निश्चित नेता वा संगठन नभएकाले अब कसलाई प्रतिनिधि वा वार्ताकार बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।

छलफलमा सहभागीले आगामी दिनको एकिकृत स्वरुप र प्रभावकारिता सृजना गर्ने र राज्यसँग सम्भावित वार्ताका लागि अघि सर्ने नेतृत्व चयनका विषयमा गम्भीर बहस गरिरहेका छन् ।

गए राति सेना प्रमुखसँग वार्तामा बसेकी आन्दोलनकारी जेनजी समूहकी एक अगुवा तनुजा पाण्डेले बीबीसी नेपाली सेवालाई दिएको पछिल्लो अन्तरवार्तामा अहिलेसम्म कुनै नाम अगाडि नबढाएको बताएकी छन् ।
उनले भनेकी छन् ” यति कुरा चाहिँ अडान छ कि अहिले विद्यमान पार्टी वा कुनै पदमा रहेका व्यक्तिहरूभन्दा पनि नागरिक समाजबाटै सरकार बनोस् भन्ने हाम्रो माग छ । हामी लोकतन्त्रभन्दा बाहिरको परिकल्पना गर्न सक्दैनौं । अन्तरिम सरकार गठन गर्नुभन्दा अगाडि चाहिँ देशभरिकै युवाले स्वीकार गर्नुपर्छ भन्ने हाम्रो अडान स्पष्ट थियो। त्यो कुरा चाहिँ सेनाप्रमुखसँग पनि कुरा भयो। यदि कुनै व्यक्तिको नाम आउँछ भने युवाहरूले संयुक्त रूपमा निर्णय गर्छन् जस्तो मलाई लाग्छ।”

 

United long banner ad
Prev Post

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

Next Post

कालीगण्डकी करिडोर सडक अवरुद्ध

post-bars

Leave a Comment