Back To Top

May 12, 2025

 ‘गण्डकी त्रिभुज परियोजना खोइ ?’

Global Ime Bank AD

काठमाडौैं।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेकामा सरकारको आलोचना गरेका छन् ।

डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज योजना कार्यान्यवनमा अनिच्छा देखाएकामा आश्चर्य प्रकट गरे । अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा पुनले त्रिभुज परियोजना प्रस्ताव गरेका थिए ।

बजेटमा उक्त कार्यक्रम प्रस्ताव गर्नुअघि पौडेलसँग परामर्श गर्दा उनले कार्यक्रम राम्रो रहेको भन्दै प्रशंसा गरेको पुनले भनाइ थियो । मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) को एक तिहाई योगदान गर्ने भैरहवा, पोखरा र भरतपुर क्षेत्रलाई जोडेर अघि सारिएको उक्त आयोजना अघि बढाउन जरुरी रहेको पुनले बताए ।

‘चालु आर्थिक वर्षमा अर्थमन्त्रीका रुमपा बजेट प्रस्तुत गर्दा मैले काठमाण्डौं वरिपरिको त्रिकोणात्मक क्षेत्रका रुपमा रहेको भैरहवा, पोखरा र चितवनलाई मिलाएर गण्डकी आर्थिक त्रिभुजको रुपमा अघि बढाउन परियोजना प्रस्ताव गरेको थिएँ’, पुनले भने, ‘त्यतिबेला पनि मैले वर्तमान अर्थमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ । उहाँले त्यो राम्रो सोच हो भन्नुभएको थियो । तर, अहिले कार्यान्वयन गर्न सक्नुभएन । ‘

बजेटमा आर्थिक वृद्धिका सम्भावनाका क्षेत्रलाई समेटी एकीकृत विकासको अवधारणा अनुरूप नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाको रूपमा गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको थियो । सो परियोजना अन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गर्ने उल्लेख थियो ।

गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणघाट–बुटवल र मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरी डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्वद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने अवधारणा उक्त कार्यक्रममा थियो ।

यस्तै परियोजना कार्यान्वयनका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टीकृत स्वास्थ्य सेवाका, पोखरा कोणमा साहसिक मनोविनोद, पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्च शिक्षाका पूर्वाधार तथा बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने प्रस्ताव पुनको थियो । उक्त परियोजना कार्यान्वयनका लागि पुनले चालु आर्थिक वर्षको बजेटमा दुई अर्ब विनियोजन गरेका थिए ।

 

Global Ime Bank
Prev Post

गभर्नर बन्न सिफारिस समितिबाट पौडेलले दिए राजिनामा

Next Post

अमेरिकाले चीनसँग गर्यो व्यापार सम्झौता

post-bars

Leave a Comment