Back To Top

December 29, 2025

तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो

Global Ime Bank AD
Insourance

काठमाडौं :

देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको २०८२ पुष १४ गते सोमबार बिहान ८ बजे जारी आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ ।

सबै प्रदेशका तराई क्षेत्रहरूमा मध्यान्हको समयसम्म हुस्सु/कुहिरो लाग्ने देखिएको छ । यस्तै, देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लागिरहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

United long banner ad
Prev Post

राष्ट्रियसभा सदस्य बन्न साढे तिन लाखको खर्च सिमा

Next Post

इलाममा पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सुनिश्चित

post-bars

Leave a Comment