Back To Top

September 20, 2024

महासंघका कारण अर्थतन्त्रमा आशा जागृतः अध्यक्ष ढकाल

Global Ime Bank AD
Insourance

ललितपुर ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आप्mनो नेतृत्व र तयसपछिको सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले आफू महासंघ नेतृत्वमा आएपछिको डेढ बर्षमा विशेष मेहनत गरेको त्यसको परिणाम स्वरुप अर्थतन्त्रमा सुधारका संकेत देखिएको जिकिर गरे ।

महासंघले आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा धेरै कामको थालनी गरेको थियो, उनले भने, “अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनस्र्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर सरकारलाई दबाब दिएका थियौ र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएका छन् ।”

महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उनले बताए । महासंघकै पहल र दबाबमा लगानीका बाधक कानुनहरु सरकारले शंसोधन गरेको उनको भनाइ छ । उनले भने, “ हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।”

आर्थिक समृद्धि तथा कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनल टिप्पणी गरे । “महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ,” उनले भने ।

जिल्ला भ्रमणका क्रममा साना व्यवसायीहरुले सानोतिनो पुँजी लगानीका अवसर खोजि गरिरहेको पाएको उनले बताए । यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउनेसबैको सहभागितामा १० अर्ब रुपैयाँ को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना गरिसकेको उनले जानकारी दिए ।

देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ बर्षमा धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गरे ।

United long banner ad
Prev Post

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

Next Post

आर्थिक उत्थानमा भूमिका खेल्न अर्थमन्त्रीको आह्वान

post-bars

Leave a Comment