Back To Top

March 13, 2025

महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित

Global Ime Bank

काठमाडौं । 

व्यवसायी भरत आचार्य नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा मनोनित भएका छन् । महासंघ कार्यकारिणी समिति सदस्य रहेको आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

आचार्यले २०८२ चैतसम्म महासंघ कोषाध्यक्षको कार्यकाल सम्हाल्ने छन् । यसअघि कोषाध्यक्ष रहेका निरक केसीको कार्यकारिणी समिति सदस्यको पदावधि समाप्त भएपछि केही महिना रिक्त रहेको महासंघ कोषाध्यक्षको कार्यभार अब आचार्यको काँधमा आइपुगेको छ ।
आचार्य महासंघको २०७९ चैतमा भएको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठसँग पराजित भए पनि महासंघ अध्यक्ष ढकालले उनलाई कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका थिए । वरिष्ठ उपाध्यक्षका तत्कालीन उम्मेदवारहरु अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार भएर पनि आचार्य पराजीत बनेका थिए ।

आचार्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल निकट मानिन्छन् । महासंघको आसन्न निर्वाचनमा एशोसिएट उपाध्यक्षका लागि व्यवसायीहरुबीच तीब्र लबिङ चलिरहेका बेला आचार्यको मनोनयनले नयाँ तरंग सिर्जना गरेको छ ।

हाल एशोसिएट उपाध्यक्षका लागि कार्यकारिणी समिति सदस्यद्वय प्रवलजंग पाण्डे र देशबन्धु बस्नेत (अजित)ले तयारी गरिरहेका बेला आचार्यको सक्रिय भूमिकासहित महासंघमा ‘इन्ट्री’ले अर्को वर्ष हुने निर्वाचन रोमाञ्चक हुने छ ।

Prev Post

एनसेलले थ्रिजी सेवा बन्द गर्ने

Next Post

बीमा प्राधिकरणले इजलास सञ्चालन गर्ने

post-bars

Leave a Comment