Back To Top

July 30, 2025

वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति

Global Ime Bank AD

काठमाडौं ।

आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाका पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट लगायतका क्षेत्रहरूमा कटान गर्दै अगाडि बढेको छ । बाढी बस्तीभित्र पस्न सक्ने सम्भावना उच्च भएकाले प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ‘माइकिङ’ गर्दै नदी किनाराका घरपरिवारलाई सतर्क गराइरहेका छन् ।

यसैबीच, बाढीले किस्पाङ गाउँपालिका–५ मा अवस्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति पु¥याएको छ । बाढीका कारण विद्युत् आपूर्तिमा समेत असर पर्न सक्ने सम्भावना रहेको छ ।

स्थानीय प्रशासनले नदीको बहाव अझै बढ्न सक्ने संकेत गर्दै जोखिम क्षेत्रका नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन र तत्काल सुरक्षित स्थानतर्फ सर्न आह्वान गरेको छ ।

Global Ime Bank
Prev Post

नागढुङ्गा सुरुङ मार्ग छिटेा संचालन गर्न निर्देशन

Next Post

कर्णाली विकास बैंकको अनियमिततामा १०९ जनाविरुद्ध मुद्दा

post-bars

Leave a Comment