Back To Top

July 22, 2025

लिमी बासीलाई लखेट्दै छ हिमपहिरो

Global Ime Bank AD

हुम्ला ।

हुम्लाको नाम्खा गाउपालिका ६ लिमीमा १२ सय वर्ष पुरानो ऐतिहासिक गुम्बा छ । त्यो गुम्बा नाम्खा बासीका लागि आस्थाको केन्द्र मात्र होइन अस्थित्वको आधार नै हो उनीहरुका लागि ।

गुम्बाको सेरोफेरो छोड्नु अर्थात बसाइ सराइ गर्नु उनीहरुको बुझाइमा अभिषाप जस्तै बन्छ । यहि आस्था र एकतामा बाधिएको लिमीको यो समाजलाई अव गुम्बाको भावनात्मक सम्बन्ध र आस्थाले टिकाउने अवस्था छैन । अर्थात लिमिका विभिन्न टोलका बासिन्दा बसाइ सर्न वाध्य हुँदैछन् । कतिपय बाटो लागिसके । प्रकिृतिका पुजारी र आस्थाका भक्तहरु अव त्यहि प्रकृतिकै त्रासले आफ्नो थात थलो छाड्ने अवस्थामा पुगेका छन् ।


हुन पनि तिला गाउँबासीलाई जेठमा सुख्खा पहिरोले सतायो । हिउँसँगै हुर्किएका हुम्लीलाई अव त्यहि हिउँले समस्या थप्दै छ । जमेको हिउँ अव बग्न थाल्यो । खोल्सीहरु खहरे झै गडगडाउँदै आँगनमै आउन थाले । हिम पहिरोको खतरा अवले लिमीको हल्जिवासीले अव गाउँमा हिमपहिरोको डरत्रासका साथै अन्य सेवा सुविधा पनि नभएको जनाउँदै उनीहरू गाउँ छाडेर अन्यत्र हिँडदै छन् । लिमीकै तिलगाउँका बासिन्दाले पनि गाउँ छाड्ने तरखरमा छन ।

गुम्बामाथिको अस्था र विश्वास भन्दा गाउँ माथिका हिउको त्रासले उनीहरुलाई पिरोल्न थालेको छ । हल्जीगाउँमा रहेको ऐतिहासिक तथा धार्मिक गुम्बाको डरले गाउँवासी कसैले पनि थलो छाडेका थिएनन् । तर अहिले भने डर र सुविधिा विहीन हुँदा स्थानीयले गाउँ छाड्न सुरु गरेको हल्जीका स्थानीय क्याम्ने तामाङले बताए ।

गुम्बाको डरले गाउँ छाड्न नमान्ने र यसअघि छाडेका दुई जनालाई पनि राम्रो नभएको क्याम्ने ठान्दछन् । तर यस वर्ष भने गाउँका धेरै घरमा भोटे ताल्चा झुण्डिएको छ । गुम्बाको डरलाई हिउँको डरले जितेपछि कतिपयले छिमेकलाई समेत थाहै नदिइ गाउँ छाडेको क्याम्ने बताउँछन् । “घरको ढोकामा ताला लगाएर निस्किएका र पछि मात्र अन्य गाउँवासीले थाहा पाउने अवस्था छ,” लिमीका वडाध्यक्ष पाल्जोर तामाङले भने, “ लिमीका लागि यो राम्रो भइरहेको छैन । यहि वर्ष तीन घरले गाउँ छाडे । ”
लिमीका तीन गाउँमध्ये जाङगाउँ एक वर्षदेखि खाली भइसकेको छ भने तिल गाउँवासीले आगामी मङ्सिर महिनामा गाउँ छाड्ने सामूहिक निर्णय गरिसकेका छन । अब हल्जीबाट पनि गाउँ छाड्न सुरु हुँदा लिमी उपत्यका मानिसविहीन हुने र यसको अस्तित्व नै मेटिने वडाध्यक्ष तामाङ बताउँछन् ।

Global Ime Bank
Prev Post

नेपाल-चिन प्रसारणलाइन बनाउन समझदारी

Next Post

उत्पादन र निर्यातमा लाग्न प्रधानमन्त्रीको आग्रह

post-bars

Leave a Comment