Back To Top

July 8, 2025

सेतीखोला क्यासकेडमा जुट्यो लगानी

Global Ime Bank AD

काठमाडौं  ।

सेतिखोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन संझौता भएको छ । ९.८ मेगावाटको उक्ता आयोजना निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)को अगुवाईमा कर्जा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.३३ र तनहँु जिल्लाको सुक्लागण्डकी नगरपालिका वडा नं.८ भएर बग्ने सेती नदीमा यो आयोजना निर्माण हुनेछ । लगानी सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष अनुप आचार्य र नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरे।

आयोजनाको कुल लागत १ अर्ब ९८ करोड रुपियाँ मध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वः पुँजीमा आयोजना बनाउन लागिएको हो । स्वः पुँजीतर्फ आचार्यको समूहका अतिरिक्त डोल्मा इम्प्याक्ट फण्डको लगानी रहने आचार्यले बताए ।

सेतीखोला हाईड्रोले नै निर्माण गरिरहेको २२ मेगावाटको सेतीखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । सोही परियोजनाको टेलरेसबाट निस्केको पानी सदुपयोग गर्ने गरी सेतीखोला क्यासकेड जलविद्युत आयोजना (९.८ मेगावाट) बनाउन लागिएको हो । आयोजनाको प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सल्टेन्स रहेको छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग २०८० कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता(पीपीए) गरेको छ । क्यासकेड आयोजनाबाट २०८६ साल बैशाखभित्र व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको आचार्यले बताए । आयोजनाबाट उत्पादित विद्युत विद्युत्गृहदेखि ४.४ किलोमिटरको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेतीखोला जलविद्युत आयोजनाको स्वीचयार्डमा पुराइनेछ ।

Global Ime Bank
Prev Post

श्रम गर्ने नेपालीले पाएनन सम्मान: कुलमान

Next Post

लघुजलविद्युतको बाँध र विद्युतगृह बगायो

post-bars

Leave a Comment