Back To Top

August 8, 2025

३४१ मेगावाटकाे बुढीगण्डकीमा लगानीको टुंगो

Global Ime Bank AD

काठमाडाैँ ।

टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटकाे बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत आयोजनामा लगानीको टुंगो लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १०  बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी विहीबार सम्झाैता सम्पन्न भएको हाे ।

७० अर्ब रुपैया लागत अनुमान गरिएकाे आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ५० कराेड रुपैयाँ ऋण लगानी गर्ने छन् । प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी संचालक सुशील थापा  र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सहायक लिड बैंकको रुपमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । आयोजनामा लगानी गर्ने अन्य संस्थामा एचआईडिसिएल, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, निफ्रा, प्रभु बैंक र कृषि विकास बैंक छन् ।

आयोजना सम्पन्न गर्न ७० अर्ब रुपैया लागत अनुमान गरिएकाे छ । आयोजनामा ७५ प्रतिशत बैंकमार्फत र २५ प्रतिशत स्वपुँजी लगानी हुने छ । परियोजनामा नेतृत्वकर्ता बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब ऋण लगानी गर्नेछ ।

सह नेतृत्व गर्ने नबिल बैंकले ८ अर्ब, लक्ष्मी सनराइज बैंकले ८ अर्ब र  ग्लोबल आईएमई बैंकले ७ अर्ब ऋण लगानी गर्ने छन् । यस्तै, एचआईडीसीएलले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, सिटिजन  बैंकले ३ अर्ब, निफ्राले ३ अर्ब, प्रभु बैंकले ३ अर्ब र कृषि विकास बैंकले २.५ अर्ब ऋण लगानी गर्नेछन् ।

आयोजना गाेरखाकाे चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने विद्युत् विकास विभागबाट २०८० साल पुस ५ गते नै उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।

आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । भूमिगत विद्युत्‌गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिने छ । आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ ।

उत्पादित विद्युत् विद्युत्‌गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।

Global Ime Bank
Prev Post

कोशी प्रदेश खाद्यन्नको बचतमा

Next Post

साढे १७ अर्ब रुपैयाँको विद्युत् निर्यात

post-bars

Leave a Comment