Back To Top

September 2, 2025

सानी भेरी जलविद्युतको वित्त व्यवस्थापन सम्पन्न

Global Ime Bank AD

काठमाडौं ।

रुकुम पूर्वको पुथा क्षेत्रमा बन्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजना निर्माणका लागि वित्त व्यवस्थापन सम्पन्न भएको छ । सोमबार सटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले सहवित्तीयकरणमा लगानी गर्ने गरी आयोजना प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टसँग संयुक्त लगानी सम्झौता भएको हो।

७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमा यो आयोजना बनाउन लागिएको हो । ऋण लगानीको नेतृत्व सिटिजन्स बैंकको छ । संझौता अनुसार आयोजना निर्माणका लागि सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, सहभागी बैंकहरु क्रमशः नबिल बैंकबाट १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सानिमा बैंकबाट १ अर्ब रुपैयाँ ऋण लगानी हुँदैछ । प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टबाट २ अर्ब ४० करोड रुपैयाँ लागत अनुमानमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ।

ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपाल र अगुवा बैंकका तर्फबाट सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद पोखरेलले हस्ताक्षर गरे ।
सानीभेरी जलविद्युत आयोजना निर्माण सुरु गरेको मितिले ३.५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य प्रवर्दकको छ । आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको बाँफीकोट सबस्टेसनमा करिब २३ किलोमिटर लामो १३२ केभी डबल सर्किटको प्रशारण लाइनमार्पmत निर्माण गरिनेछ। यो आयोजनाबाट सुक्खायाममा ९८.७२७ गिगावाट घण्टा र बर्खायाममा १८२.३८६ गिगावाट घण्टा गरी २८१.११३गिगावाट घण्टा विद्युत उत्पादन हुने आँकलन छ ।

रुकुमपूर्व जिल्लाको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाको वडा नं १४ र २ भएर बग्ने सानीभेरी नदीको पानी उपयोग गर्दै निर्माण गरिने सानीभेरी जलविद्युत आयोजना एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले विकास गर्ने र उक्त आयोजनामा सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेडको मूख्य लगानी रहनेछ भने बाँकी स्वदेश तथा विदेशमा रहेका व्यवसायी तथा सर्वसाधरण नेपालीको लगानी रहने जनाइएको

Global Ime Bank
Prev Post

मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा

Next Post

१३ करोडको जुम्ली स्याउ सडकमै कुहिने त्रास

post-bars

Leave a Comment