Back To Top

September 4, 2025

रोपाई सकिएपछि बल्ल आइपुग्यो मल

Global Ime Bank AD

काठमाडौ ।

मुलुक भर धान रोपाइ सम्पन्न भइसकेपछि बल्ल सरकारले धानका लागि मल भित्राउँदै छ ।

साल्ट टेडिङ कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कृषि सामग्री कम्पनी लिमिटेडले दुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्राएका हुन् । धानकै लागि लक्षित यो रासायनिक मल अव हिउँदेबालीका लागि भने खपत हुने  छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो ।कृषि सामग्री कम्पनीले थप ६० हजार मेट्रिक टन युरिया पानी पनि ल्याउँदै छ ।

कम्पनीसँग हाल १७ हजार मेट्रिक टन युरिया, २१ हजार मेट्रिक टन, चार हजार चार सय मेट्रिक टन पोटास मौज्दात छ ।यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी मल आउन सुरु गरेको जनाएको छ ।

यस वर्ष कर्पोरेसनलाई एक लाख ८० हजार मेट्रिक टन मलको कोटा निर्धारण गरिएको छ । यसमध्ये ९५ हजार मेट्रिक टनका लागि टेन्डर आह्वान गरिसकेको कर्पोरेसनले जनाएको छ ।

Global Ime Bank
Prev Post

स्वदेश फर्कदै प्रधानमन्त्री ओली

Next Post

बुङ्गल हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

post-bars

Leave a Comment