Back To Top

August 31, 2025

लगानी भित्रियो १२ अर्ब, लाभांश फिर्ता ९ अर्ब

Global Ime Bank AD

काठमाडौँ,
नीतिगत सुधार र लगानीमैत्री वातावरण सुधारको वक्तव्यवाजी, आर्थिक सूचकमा सुधार तथा सार्वभौम साख मूल्याङ्कन, जस्ता प्रयासका वावजुत नेपालमा बैदेशिक लगानीको अवस्थामा खासै सुधार भने देखिएको छैन ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८१ / ८२ मा नेपालमा लगानी गर्ने भन्दै ६५ अर्ब रुपैयाँ ल्याउँछौ भनेर प्रतिवद्धता जनाएका छन् । प्रतिवद्धता गरेको रकम सोही वर्ष नै प्राप्त त हुँदैन तर त्यति ठूलो प्रतिवद्धताका वावजुत गत आवमा केवल १२ अर्ब रुपैयाँ मात्र लगानीका रुपमा भित्रिएको छ ।

गत आवमा ८४० उद्योगमा ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ प्रतिबद्धता आएकोमा १२ अर्ब एक करोड ९० लाख रुपैयाँमात्र भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । लगानी प्रतिबद्धता उच्च भए पनि भित्रिने रकम भने न्यून छ । गत आवमा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेकाले पनि लगानी प्रतिबद्धता धेरै आएको थियो । नेपालमा लगानी गर्ने भनेर गत आवमा गरेको प्रतिबद्धताको १८.५० प्रतिशत मात्र रकम भित्रिएको तथ्याङ्कले देखाएको छ ।

आएको प्रतिवद्धतामा सबैभन्दा धेरै सेवा र पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित छन् । उद्योग विभागका अनुसार आव २०८०/८१ मा ६९ अर्ब ८३ करोड ३५ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा प्रत्यक्ष वैदेशिक लगानी भने आठ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको थियो ।

गत आवमा स्वचालित मार्गबाट ४५१ उद्योगमा ४६ करोड १२ लाख ६६ हजार र अप्रुभल रुटबाट ३८९ उद्योगमा ६९ अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।
गत आवमा सबैभन्दा धेरै सेवामूलक उद्योगमा ४८, पर्यटनमा ४१, उत्पादन क्षेत्रमा छ, सूचना तथा प्रविधि उद्योगमा तीन, कृषि क्षेत्रमा दुई प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।

 

यस्तै मुलुकमा लगानी गरेबापत विदेशी लगानीकर्ताले आव २०८१/८२ मा नौ अर्ब ६१ करोड ७० लाख रुपैयाँ लाभांश फिर्ता लैजान गरी उद्योग विभागबाट स्वीकृति पाएको छ । आव २०८०/८१ मा १० अर्ब १८ करोड ७६ लाख ३९ हजार  लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो ।
विभागका अनुसार सुरुदेखि हालसम्म ७३३६ उद्योगमा छ खर्ब ७५ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

Global Ime Bank
Prev Post

दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने

Next Post

रसुवागढीमा खस्यो सुख्खा पहिरो

post-bars

Leave a Comment