Back To Top

April 21, 2025

खानेतेलले उचाल्यो निर्यातको आँकडा

Global Ime Bank AD
Insourance

काठमाडौँ ।
प्रसोधित खाने तेलको निर्यात उचालिएपछि चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा निर्यात ६५ प्रतिशतले बढेर करिव २ खर्ब पुगेको छ ।

 

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्ष सो अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको थियो । निर्यातमा सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको ३८ प्रतिशत छ । विभागका अनुसार समिक्षा अवधिमा ७४ अर्ब २८ करोड रुपैयाँ बराबरको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ ।

 

त्यस्तै १७ अर्ब ४६ करोड रुपैयाँ को धागो, ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, १0 अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएका छन् । यस्तै नौ अर्ब ३ करोड रुपैयाँको गलैँचा, छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँ को अलैँची निर्यात भएको छ । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भारतमा भन्सार छुटमा निर्यात हुँदा निर्यातमा उलेख्य वृद्धि भएको हो ।

 

साफ्टाको सुविधा प्रयोग गरेर नेपालबाट तेल निर्यात गर्दा शुल्क नलाग्ने भएकाले व्यवसायीले खुला तेल आयात गरी नेपालमा प्याकेजिङ गरेर भारत निर्यात गर्दछन् ।

तेह्र खर्बको आयात

यस्तै नौ महिनाको अवधिमा आयात १२.१८ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ रहेको थियो । आयातको अनुपातमा निर्यात न्यून हुँदा व्यापारघाटा ६.४५ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ ब पुगेको छ । गत वर्ष सो अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रहेको थियो । कुल वैदेशिक व्यापार १६.८९ प्रतिशितले बढेर १४ खर्ब ९७ अर्ब ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

United long banner ad
Prev Post

बजेटमा स्रोतको सिमितता ख्याल गर्न आयोगको सुझाव 

Next Post

चार तारेमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड

post-bars

Leave a Comment