Back To Top

October 7, 2024

एभरेष्ट बैंकको बोनस शेयर पारित

Global Ime Bank

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस सभाले शेयरधनीलाई आव २०८०/८१ का लागि १०.५ बोनस शेयर र ५.५३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ ।

आव २०८१/८२ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

 

Prev Post

बाढीपहिरोको क्षतिबारे प्रदेशका मन्त्रीसँग छलफल

Next Post

प्रभु इन्स्योरेन्सको २५ लाख रुपैयाँ सहयोग

post-bars

Leave a Comment