Back To Top

January 29, 2025

छ महिनामा भित्रिए १३ अर्बको ईभी

Global Ime Bank

काठमाडौं । यही आर्थिक वर्षको पहिलो छ महिनामा १३ अर्ब १० करोडभन्दा बढीका चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी)को आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नेपालमा १३ अर्ब १० करोड ८० लाख ६७ हजार रुपैयाँका चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा गत आवको तुलनामा २.९५ प्रतिशतले चारपाङ्ग्रे विद्युतीय सवारी आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ७३ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको ईभी आयात भएको थियो । साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४८० यूनिट ईभी आयात हुँदा सरकारले ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो अवधिमा नेपालमा चीन, भारत, दक्षिण कोरिया, जर्मनी, अमेरिकाबाट ईभी आयात भएका छन् । नेपालमा सबैभन्दा धेरै ईभी चीनबाट भित्रिने गरेको छ । ६ महिनाको अवधिमा चीनबाट ८ अर्ब ८४ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको ४ हजार २०५ वटा ईभी आयात भएको छ । त्यस्तै भारतबाट ९७ करोड ९४ लाख ९९ हजार रुपैयाँ बराबरको ४८३ वटा ईभी आयात भएको छ ।

त्यस्तै यो अवधिमा दक्षिण कोरियाबाट १ करोड २५ लाख ६८ हजार रुपैयाँ बराबरको २ वटा ईभी गाडी आयात भएका छन् भने जर्मनीबाट १३ अर्ब २८ लाख ५१ हजार रुपैयाँ बराबरको १९ वटा ईभी आयात भएका छन् । अमेरिकाबाट १ करोड ६६ लाख ८ हजार रुपैयाँ बराबरको ४ वटा ईभी आयात भएको छ ।

Prev Post

सामाजिक सञ्जालको अराजकता रोक्न विधेयक

Next Post

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण

post-bars

Leave a Comment