Back To Top

April 20, 2025

तातोपानीबाट भित्रिए सात अर्वका इभी

Global Ime Bank AD
Insourance

काठमाडौँ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको छ ।  खासा हुँदै दुई हजार ७२४ वटा विद्युतीय सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका हुन् ।

भन्सारमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र जाँचपास भएर राजधानी प्रवेश गर्ने छन् । यी विद्युतीय सवारीसाधान आयातबाट तीन अर्ब ७५ करोड ६३ लाख रुपियाँ राजस्व सङ्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले बताए

चालु आवमा चीनबाट तातोपानी नाकामा ठुलो विद्युतीय बस एउटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनी बस २४८ वटा, ५० किलोवाटका कार, जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका २२९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाटभन्दा माथिका एक र फोर ह्विलर विद्युतीय कार ४१ वटा आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

आयातित गाडीमा ओमोडा, डिपाल, लिपमोटर, जेक्रा, एमजी, फोटोन र डिएफएसके ब्रान्डका चिनियाँ विद्युतीय गाडी नाका हुँदै राजधानी भित्रिएका छन् ।

United long banner ad
Prev Post

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

Next Post

सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

post-bars

Leave a Comment