Back To Top

Geo
October 2, 2024

जलवायु परिवर्तनले युरोपमा फेरिन थाले सिमाना

Global Ime Bank AD
Insourance

काठमाडौ:

जलवायु परिवर्तनको असरले युरोपेली मुलुकहरुमा सिमाना विवाद निम्त्याउने खतर देखिएको छ ।

पछिल्लो समय स्विटजरल्याण्ड र इटलीबीच जलवायु परिवर्तनका असर स्वरुप सिमानामा पुनः नक्साँकन गर्नुपर्ने भएको छ । हिमनदी तथा हिमतालहरु पग्लने र स्थानान्तरण हुन थालेपछि अल्पास क्षेत्रमा यस्तो समस्या आएको हो ।

दुइ देशका सिमाना मानिएका हिमशिला नै पग्लँदै गएपछि सिमाना तथा भूगोल नै फेरिन पुग्ने भएकाले यी दुई मुलुक अहिले पुनः सिमाङ्कन गर्नुपर्ने अवस्थामा पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

 

स्वीस सरकारले एक सूचना जारी गर्दै भनेको छ, “हामी

ले सिमाना मानेका हिम शिखर हिमनदी, हिम शिला तथा हिमतालहरु लगायत जलसंरचना पनि परिवर्तन भइरहेकाले अव पुनः नक्सांकन गर्नुपर्ने भएको छ ।” सन् २०२३ देखि उठान भएको यो विषयमा इटलीले भने अझै अन्तिम समझदारी नगरिसकेको जनाइएको छ ।
अल्पास जस्ता क्षेत्रले हिँउको संरचनाहरुमा ठूला नकारात्मक असर भोगी रहेको छ ।

विश्वमा युरोप महादेशले जलवायु परिवर्तनको असर स्वरुप तापमान वृद्धिको सबैभन्दा धेरै असर भोग्ने आँकलन छ । अल्पास जस्ता पर्वतीय क्षेत्रमा अहिले नै अकल्पनीय प्रभावहरु देखा पर्न थालेको भन्दै विज्ञहरुले चिन्ता जनाइरहेका छन् ।

 

युरोपेली संघको कोपरनिकास मौसम सेवाको आँकलन अनुसार पछिल्लो दुई वर्षमामात्रै यो क्षेत्रमा हिमनदीहरुले १० प्रतिशत हिँउ गुमाइसकेको उल्लेख गरेको छ । त्यस्तै युरोपेली भु विज्ञान संघले प्रकासन गरेको एक जर्नलमा पनि सन् २०५० सम्म आधा हिउ सकिने खतरा औल्याइएको छ ।

सन् २०२२मा मर्मोल्डा हिमालमा एक्कासी तापमान दोहोरो अँकमा पुग्दा आएको हिम पहिरोमा परी ११ पर्वतारोहीको मृत्यु भएको थियो । जलवायु परिवर्तनका भयानक असरहरु प्रशिद्ध जर्मेट स्की रिसोर्टले पनि भोगि रहेको छ । यो पनि स्विटरजरल्याण्ड र इटलीको सिमा क्षेत्रमा फैलिएको विश्व प्रशिद्ध स्की रिसोर्ट हो ।

United long banner ad
Prev Post

मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति

Next Post

‘कोशीमा बाढीको मध्यम जोखिम’

post-bars

Leave a Comment