विद्युत् नियमन आयोगले दिएन अन्तरिम आदेश
काठमाडौं ।
विद्युत नियमन आयोगले पञ्चकन्या ग्रुपका दुई उद्योगले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आइतबारको सुनुवाईपछि आयोगले अन्तरिम आदेशमा माग गरिएको विषय यस अघि नै पूरा भएकाले आदेश दिइरहनुपर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरण र उद्योग दुवै पक्षलाई बोलाएर आयोगले सुनुवाई गरेको थियो । तर, उद्योगमा लाइन जोडिइसकेकाले उद्योगको मागमा अन्तरिम आदेश दिन नपर्ने निष्कर्ष सुनुवाईले निकालेको हो ।
‘दुवै पक्ष र दुवैको पक्षको कानुन व्यवसायीलाई समेत बोलाएर छलफल गर्दाखेरी नेपाल विद्युत प्राधिकरणले उद्योगमा पुन:लाईन जोडिसकेको भन्ने पुष्टी गरेको, उजुरी पक्षले पनि लाइन जोडिसकेको कुरालाई समर्थन जनाएको, अन्तरिम वा अन्तरकालिन आदेशमा मागिएको विषय यस अघि नै पूरा भइसकेकाले अन्तरिम वा अन्तरकालिन आदेश दिइरहनु परेन,‘ आदेशमा भनिएको छ ।